कोरोना महामारीको समयमा आर्थिक रूपले विपन्न विद्यार्थी तथा परिवारलाई राहत वितरण गरिएको छ। साथै स्थानीय विद्यालयहरूको सुधार तथा शैक्षिक पूर्वाधार सहयोगका लागि कोष सहयोग गरिएको छ। आकस्मिक उपचार तथा चिकित्सा सहयोगमा पनि सहयोग गरिएको छ। भविष्यमा पनि विपद्, रोगव्याधी तथा अभावमा मादीवासीको सहयोगका लागि यो कोष सञ्चालन हुनेछ।
प्रमाणित निर्णय, खर्च भौचर तथा आधिकारिक कागजातको आधारमा मात्र राहत वितरण विवरण सार्वजनिक गरिन्छ।
संस्थाबाट सञ्चालित राहत तथा सहयोगका आधिकारिक कागजात, भौचर तथा कार्यसमिति निर्णय प्रमाणीकरण भएपछि मात्र वस्तुनिष्ठ विवरण यहाँ सार्वजनिक गरिनेछ।