
मादीदेखि काठमाडौंसम्म — एकता, सद्भाव र सामाजिक सेवाको साझा थलो
२०७६
‘मादी सरोकार केन्द्र’ का रूपमा स्थापना
मादीवासीहरूको प्रारम्भिक सामाजिक एकता र सेवा
२०८२
‘मादी (संखुवासभा) सरोकार समाज’ का रूपमा विधिवत दर्ता
जिल्ला प्रशासन कार्यालय, काठमाडौं (२०८२/०४/२१ BS)
कोरोना महामारीको समयमा आर्थिक रूपले विपन्न विद्यार्थी तथा परिवारलाई राहत वितरण गरिएको छ। साथै स्थानीय विद्यालयहरूको सुधार तथा शैक्षिक पूर्वाधार सहयोगका लागि कोष सहयोग गरिएको छ। आकस्मिक उपचार तथा चिकित्सा सहयोगमा पनि सहयोग गरिएको छ। भविष्यमा पनि विपद्, रोगव्याधी तथा अभावमा मादीवासीको सहयोगका लागि यो कोष सञ्चालन हुनेछ।
काठमाडौं उपत्यकामा रहनुभएका सम्पूर्ण मादीवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजको सदस्यता ग्रहण गरी सामाजिक एकतामा जुट्न हार्दिक आह्वान गर्दछौं।